नवज्योति फुटबल प्रतियोगिता : दार्जिलिङ विजयी
मेचीनगर । मेचीनगर-३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ ।
झापाको बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै दार्जिलिङ विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा दार्जिलिङका आकाश मण्डलले खेलको १५ औँ मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक बन्यो ।
आज भएको खेलको म्यान अफ द म्याच विजेता टिम दार्जिलिङका राजीव सिंगा भए । उनले नगदसहित ट्रफी प्राप्त गरे ।
मेचीनगर ३ स्थित नवज्योति आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता फागुन ९ गते समापन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
