भलिबल प्रतियोगिताको उपाधि हिमालयन एकाडेमीलाई
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/02/received_583190397022295.jpeg)
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) को उपाधि हिमालयन इङ्गलिस एकाडेमीले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २-१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो ।
प्रतियोगिताको उपाधि चुमेसंगै हिमालयन इङ्गलिस एकाडेमीले नगद पन्द्र हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । उपविजेता बनेको धुलाबारी माविले नगद दश हजारमा चित्त बुझायो ।
कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि हिमालयन इङलिस एकाडेमिका प्रिन्सिपल जगत बहादुर तामाङ्ग, मेचीनगर कार्यापालिका सदस्य तथा भौतिक योजना तथा पूर्वाधार संयोजक चित्र धिमाल, धुलाबारी मावि व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष गणेश विक्रम नेम्बाङ, रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) लगायतका अतिथिहरुले विजेता र उपविजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
मेचीनगर १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा हिमायन इङ्गलिस एकाडेमी, फाइभस्टार इङलिस बोर्डिङ स्कुल, युनिक इङलिस बोर्डिङ स्कुल, होलिबेल इङलिस बोर्डिङ स्कुल, दुर्गा इङलिस बोर्डिङ स्कुल, सुर्योदय इङलिस बोर्डिङ स्कुल, काँकरभिट्टा मावि, थेसिस इङलिस बोर्डिङ स्कुल, सिताराम सामुदायिक विद्यालय, पशुपति इङलिस बोर्डिङ स्कुल, सनसाइन इङलिस बोर्डिङ स्कुल र धुलाबारी मावि गरी नगरका १२ वटा विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।
रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रम सञ्चालन सचिव कृष्ण काफ्लेले कार्यक्रमको गरेका थिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...