भलिबल प्रतियोगिताको उपाधि हिमालयन एकाडेमीलाई
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) को उपाधि हिमालयन इङ्गलिस एकाडेमीले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २-१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो ।

प्रतियोगिताको उपाधि चुमेसंगै हिमालयन इङ्गलिस एकाडेमीले नगद पन्द्र हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । उपविजेता बनेको धुलाबारी माविले नगद दश हजारमा चित्त बुझायो ।

कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि हिमालयन इङलिस एकाडेमिका प्रिन्सिपल जगत बहादुर तामाङ्ग, मेचीनगर कार्यापालिका सदस्य तथा भौतिक योजना तथा पूर्वाधार संयोजक चित्र धिमाल, धुलाबारी मावि व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष गणेश विक्रम नेम्बाङ, रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) लगायतका अतिथिहरुले विजेता र उपविजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

मेचीनगर १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा हिमायन इङ्गलिस एकाडेमी, फाइभस्टार इङलिस बोर्डिङ स्कुल, युनिक इङलिस बोर्डिङ स्कुल, होलिबेल इङलिस बोर्डिङ स्कुल, दुर्गा इङलिस बोर्डिङ स्कुल, सुर्योदय इङलिस बोर्डिङ स्कुल, काँकरभिट्टा मावि, थेसिस इङलिस बोर्डिङ स्कुल, सिताराम सामुदायिक विद्यालय, पशुपति इङलिस बोर्डिङ स्कुल, सनसाइन इङलिस बोर्डिङ स्कुल र धुलाबारी मावि गरी नगरका १२ वटा विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।
रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रम सञ्चालन सचिव कृष्ण काफ्लेले कार्यक्रमको गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...