मेचीनगर-९ : वडाध्यक्ष कप माघ २७ गतेदेखि, ९ वटा टिमकाे सहभागीता


मेचीनगर । झापाकाे मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे छ। मंगरवार मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे जानकारी गराएको हो ।

मेचीनगर-९ नम्बर वडा कार्यालय अन्तरगतको खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजन खड्काले यहि माघ २७ गतेदेखि फागुन ७ गतेसम्म प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे जानकारी गराएका हुन् ।

प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ टिमबीच सहभागीता रहने छ ।

प्रतियोगिताका विजेतालाई नगद ४० हजार र उपविजेतालाई २५ हजार राशिसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने समितिका सचिव तथा कार्यक्रम सञ्चालक राजु धिमालले बताए ।

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताका लागि समितिलाई एक लाख ५० हजारको वजेट छुट्टाइएको पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कञ्चनकुमार तामाङले बताएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव दुई लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति जानकारी गराएको थियो । कार्यक्रममा मेचीनगर- ९ का वडा सदस्य धनमुमार श्रेष्ठ, सुष्मा कार्की ढाेलि, करुणा राजवंशी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।