व्यवसायमा निरन्तर कञ्चन
मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
१० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक जिम्मेवारी पुरा गरेका बरालले व्यवसायीको समस्या नजिकबाट बुझेका छन् । तर, त्यसबेला व्यवसाय क्षेत्रका योजनालाई उनले मूर्तरुप दिन सकेनन् । फलस्वरुप अधुरा योजनालाई पूरा गर्न फेरि उनी वाणिज्य संघको प्रतिनिधि बन्दैछन् ।
१९ वर्ष अघि अडियो भिडियोबाट व्यवसायमा अघि बढाएका बरालले प्रविधिले फड्को मारेसँगै व्यवसाय संकटमा पर्याे । त्यसपछि रेडिमेट कपडा पसल, फर्निचर उद्योग र कस्मेटिक व्यवसायमा सक्रिय हुँदै गए । आज पनि उनले तिनै व्यवसायलाई अगाडि बढाउँदै सामाजिक क्षेत्रमा पनि उत्तरदायी भूमिका निर्वाह गरिरहेका छन् ।
सामाजिक क्षेत्रमा र व्यवसायीको हितमा काम गर्दै आएका बराल यसपटकको निर्वाचनमा सबै व्यवसायीले आफूलाई मत दिएर जिताउनेमा विश्वस्त छन् । उनी नगरका विभिन्न ठाउँमा पुगेर व्यवसायीसँग मत मागिरहेका छन् । उनले व्यवसायीले दिएको मत खेर जान नदिने बताए । वाणिज्य संघमा रहेर व्यवसायी पक्षमा काम गर्ने अवसर प्रदान गर्नेमा उनी विश्वस्त छन् । वाणिज्य संघको निर्वाचन शनिबार हुँदैछ ।
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

