व्यवसायमा निरन्तर कञ्चन

मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
१० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक जिम्मेवारी पुरा गरेका बरालले व्यवसायीको समस्या नजिकबाट बुझेका छन् । तर, त्यसबेला व्यवसाय क्षेत्रका योजनालाई उनले मूर्तरुप दिन सकेनन् । फलस्वरुप अधुरा योजनालाई पूरा गर्न फेरि उनी वाणिज्य संघको प्रतिनिधि बन्दैछन् ।
१९ वर्ष अघि अडियो भिडियोबाट व्यवसायमा अघि बढाएका बरालले प्रविधिले फड्को मारेसँगै व्यवसाय संकटमा पर्याे । त्यसपछि रेडिमेट कपडा पसल, फर्निचर उद्योग र कस्मेटिक व्यवसायमा सक्रिय हुँदै गए । आज पनि उनले तिनै व्यवसायलाई अगाडि बढाउँदै सामाजिक क्षेत्रमा पनि उत्तरदायी भूमिका निर्वाह गरिरहेका छन् ।
सामाजिक क्षेत्रमा र व्यवसायीको हितमा काम गर्दै आएका बराल यसपटकको निर्वाचनमा सबै व्यवसायीले आफूलाई मत दिएर जिताउनेमा विश्वस्त छन् । उनी नगरका विभिन्न ठाउँमा पुगेर व्यवसायीसँग मत मागिरहेका छन् । उनले व्यवसायीले दिएको मत खेर जान नदिने बताए । वाणिज्य संघमा रहेर व्यवसायी पक्षमा काम गर्ने अवसर प्रदान गर्नेमा उनी विश्वस्त छन् । वाणिज्य संघको निर्वाचन शनिबार हुँदैछ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...