तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता आजदेखि
मेचीनगर । झापाको धुलाबारीमा आजदेखि तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।
नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक धुलाबारी भेट्रान फुटबल र डि भि एफसी सुनसरी प्रतिष्पर्धा गर्दैछन् । धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता दिउँसो २ः३० बजेदेखि सञ्चालन हुने आयोजकका सचिन्द्र धिमालले जानकार दिए ।
धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका दुई सहित प्रदेश नं १ का ८ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट आयोजक धुलाबारी भेट्रान क्लबसहित डि भि एफसी सुनसरी, हाम्रो धरान भेट्रान क्लब धरान, विराट मेघा स्पोर्ट एकाडेमी विराटनगर, दमक लखनपुर भेट्रान फुटबल क्लब दमक, धरमपुर भेट्रान फुटबल क्लब धरमपुर, विर्तामोड भेट्रान फुटबल क्लब विर्तामोड, काँकरभिट्टा भेट्रान फुटबल क्लब काँकरभिट्टा छन् । त्यस्तै भारतको दार्जिलिङ्गबाट भिजन एफसी र सिलुगढीबाट कञ्चनजंघा फुटबल क्लब प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियागिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र म्यान अफ द सिरिज घोषित हुनेले नगदसहित पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले पनि नगद पाउनेछन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
