मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने

मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ ।
लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उहाँ लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो ।
प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।
सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ भने उहाँहरुलाई कदरपत्र प्रदान गरिने बानियाँले बताउनुभयो । पुरस्कार छनोट समितिका पाँच जना सदस्यहरुले तीन जना प्रतिभाहरुको छनोट गरेको प्रतिष्ठानका अध्यक्ष बानियाँले जानकारी गराए ।
सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ ।
पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

खुट्टीडाँगी । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक...

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई...

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा...

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग...