मेचीनगर ४ : तरुलको महत्व बुझाउन ´तरुल उत्सव`
बाहुनडाँगी । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो ।
हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे संक्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागेको मेचीनगर नगरपालिका–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।
´हिजो हाम्रा बाबु बाजेले खाजाको रुपमा खाने तरुलको महत्व हराउँदै गयो, उनले भने, ´मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरुले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।`
उनले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सुढुनी तरुल, बनतरुललगायत परम्परागत कृषि औजारहरुको समेत उत्सवमा प्रर्दशनी गरिने बताए ।
उनले बाहुनडाँगीबासीले दैनिक आउने जंगली हात्तीको हुलबाट अन्न जोगाउन नसके पछि पछिल्लो समय धान, मकैलगायतका खेतीको सट्टामा सुपारी, मरिच, तेजपत्ता, चिया खेती गर्दै आएको बताए । उनले सुपारीखेती भित्रै तरुलको व्यवसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरुद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्व र खेतीको बारेमा जानकारी दिइने बताए ।
उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई समेत उपस्थिति गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उनको भनाई छ । उत्सवको आयोजना मेचीनगर नगरपालिका–४ ले गर्ने उनले बताए ।
मेचीनगर । मेचीनगर-९ स्थित कन्भेन्ट इङ्लिस स्कूलले अतिरिक्त...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको...
मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण...
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...