कोरा च्यालेञ्ज : दार्जिलिङको लेप्चा जगतबाट आइपुग्यो मेचीनगर

मेचीनगर । पर्यटन प्रबद्र्धन गरौंँ तथा साइकल चलाऔँ, स्वस्थ रहौँ भन्ने मूल नाराका साथ कोरा च्यालेञ्ज–२०२२ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
द हिमालयाज माउन्ट बाइक बिर्तामोड र एमटीबी राइडर्स इलामको आयोजनामा भएको कोरा च्यालेञ्ज भारतको दार्जीलिङबाट सुरु भई झापाको धुलाबारीमा आएर सम्पन्न भएको हो । कोरा च्यालेञ्ज हरेक वर्ष जुलाई १६ तारिख मनाइँदै आएको छ । कोरा च्यालेञ्जमा ५० वा ७५ वा १०० किमी दुरी पार गर्नुपर्ने हुन्छ ।
दार्जिलिङको लेप्चा जगतबाट सुरु भएको साइक्लिङ सुकियापोखरी, नेपालको पशुपतिनगर, हिले, श्रीअन्तु, समलबुङ, सुल्तुङ, सिद्धि दोभान, सलकपुर हुँदै मेचीनगरको बौद्धमोडबाट धुलाबारी आइपुगेको हो ।
कोरा च्यालेञ्ज अन्तर्गत १०३ किलोमिटर दुरी पूरा गरिएको द हिमालयाज माउन्ट बाइक बिर्तामोडका सञ्चालक धनराज थापा मगरले जानकारी दिए । उनका अनुसार दुई दिने उक्त साइक्लिङ प्रतियोगिताको उदेश्यले नेपाल र भारतबीचको पर्यटन प्रवद्र्धनलाई जोड्ने रहेको छ ।
कोरा च्यालेञ्जमा मेचीनगर, बिर्तामोड र फिक्कलका युवाहरु सहभागी थिए । जसमा १९ वर्षदेखि ५४ वर्ष उमेर समूहकाको सहभागिता रहेको थियो । साइक्लिङका क्रममा विभिन्न क्षेत्रको अवलोकन तथा पर्यटन क्षेत्रको प्रचारमा सहयोग पुग्ने विश्वास लिइएको छ । स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गतवर्ष झापामै पहिलो पटक मेचीनगरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...