मेचीनगर अपडेट : मेयर ३१२, उपमेयर १३६९ मतले एमालेकाे अग्रता
मेचीनगर । मेचीनगर नगरपालिकामा एमालेको मेयरमा र उपमेयरमा अग्रता बढ्दै गएको छ ।
बुधवार बिहान ९ वजे सम्मको नतिजा अनुसार १००७५ गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३८९७ मत ल्याएका छन् । मेयरमा एमालेले ३१२ मतको अग्रता कायम गरेको छ ।
नेपाली काँग्रेसका प्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ३५८५ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी मिना उप्रेतीले ३६१२ मत ल्याउँदा माओवादी केन्द्रका उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारीले २२४३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मिना उप्रेती १३६९ मतले अगाडी छन् ।
अहिले मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ को मत गणना भईरहेको छ । आज बेलुकासम्ममा मेचीनगर २ र १५ नम्बर वडाको अन्तिम परिणाम आउन सक्ने अवस्था रहेको गणनामा रहनु भएका दलका प्रतिनिधिहरुले जानकारी दिनु भएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

