मेचीनगरको मेचे गाउँका स्थानीय भन्छन् – ‘हाम्रो दुःख बिसाउने पार्टी एमाले नै हो’
मेचीनगर । चुनाव अभियानका क्रममा एमाले मेचीनगरका मेयर र उमेयरका उम्मेद्वार आज मेचीनगरको वडा नं. ९ स्थित मेचे गाउँमा पुग्दा स्थानीयवासीमा उत्साहका साथै सन्तोषको आशा पलाएको देखिन्थ्यो । आफूले विगतमा भोगेका दुःखबाट पार पाउन अनि विकासको मूल फुटाउन एमालेको प्रतिवद्धतामा स्थानीयले ‘होस्टेमा हैँसे’ गर्ने बताए ।

एमाले मेचीनगरका मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी र उपमेयरका उम्मेद्वार मीना पोखरेल उप्रेतीसहितको टोली मेचे गाउँ पुग्दा स्थानीयवासीले मुक्तकण्ठले स्वागत गरेका थिए । सोही वडाका नेपाली काँग्रेसका वडा सदस्य देउमान थेगिङले आफ्नो विगतको पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेको तर्फबाट उपस्थित सहभागीहरुले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए ।
चुनावी अभियानका क्रममा आज टोलीले लीला बस्तीको दुर्गा मन्दिर, थोप्लेबिरानको बालुवाटार रिङरोडको मागुरमाडी सिरान, तिनतिरे चोक र मेचे डाँगीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
