मेचीनगरको मेचे गाउँका स्थानीय भन्छन् – ‘हाम्रो दुःख बिसाउने पार्टी एमाले नै हो’

मेचीनगर । चुनाव अभियानका क्रममा एमाले मेचीनगरका मेयर र उमेयरका उम्मेद्वार आज मेचीनगरको वडा नं. ९ स्थित मेचे गाउँमा पुग्दा स्थानीयवासीमा उत्साहका साथै सन्तोषको आशा पलाएको देखिन्थ्यो । आफूले विगतमा भोगेका दुःखबाट पार पाउन अनि विकासको मूल फुटाउन एमालेको प्रतिवद्धतामा स्थानीयले ‘होस्टेमा हैँसे’ गर्ने बताए ।
एमाले मेचीनगरका मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी र उपमेयरका उम्मेद्वार मीना पोखरेल उप्रेतीसहितको टोली मेचे गाउँ पुग्दा स्थानीयवासीले मुक्तकण्ठले स्वागत गरेका थिए । सोही वडाका नेपाली काँग्रेसका वडा सदस्य देउमान थेगिङले आफ्नो विगतको पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेको तर्फबाट उपस्थित सहभागीहरुले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए ।
चुनावी अभियानका क्रममा आज टोलीले लीला बस्तीको दुर्गा मन्दिर, थोप्लेबिरानको बालुवाटार रिङरोडको मागुरमाडी सिरान, तिनतिरे चोक र मेचे डाँगीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...