मेचीनगरका ५० जना जनप्रतिनिधिले राजीनामा दिए
मेचीनगर । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वारी दिने तयारीका लागि उपमेयरसहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको नियमानुसार मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिले शुक्रवार राजीनामा दिएका हुन् ।
उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष राजीनामा बुझाएका थिए । नगरप्रमुख समक्ष बुझाएका राजीनामा शनिवार स्वीकृत हुने जनाइएको छ ।
राजीनामा दिनेहरुमा उपमेयर मिना पोखरेल उप्रेती, वडा नं १ का वडाध्यक्ष पासाङ तामाङ, वडा नं २ का वडाध्यक्ष तीलक न्यौपाने, वडा नं ३ का वडाध्यक्ष हकृबहादुर वस्नेत, वडा नं ४ का वडाध्यक्ष नविन बराल, वडा न. ५ का वडाध्यक्ष योगेन थापा मगर, वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङले राजीनामा बुझाएको नगरपालिका श्रोतले जनाएको छ ।
त्यस्तै वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा नं १० का सुदय पनेरु, वडा नं ११ का सन्तोष मेचे, वडा नं १२ का नगेन्द्र धिमाल, वडा नं १३ का कृष्णराज सिग्देल, वडा नं १४ शंकर पोखरेल र वडा नं १५ का राजन भट्टराईले राजीनामा बुझाएको जनाएको छ ।
यसैगरी वडा सदस्य र कार्यपालिकाका सदस्यहरुले राजीनामा बुझाएका छन् ।
मेचीनगरमा जम्मा ८० जना जनप्रतिनिधिमा ५० जना जनप्रतिनिधिहरुले राजीनामा बुझाएका हुन् । अन्य ईच्छुक उम्मेद्वार जनप्रतिनिधिहरुले शनिवार बेलुका सम्ममा राजीनामा बुझाउने तयारी गरिएको बुझिएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
