मेचीनगरमा सुरु भयो निलसरी महोत्सव
मेचीनगर । झापाको मेचीनगरमा आजदेखि निलसरी महोत्सव सुरु भएको छ । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा गरिएको महोत्सव ऐतिहासिक पात्र निलसरी मेचेको नामबाट सञ्चालन गरिएको हो । मेचीनगर–७ जोरसिमलमा आयोजना गरिएको महोत्सव उदघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जंगबहादुर राणाकी श्रीमति मेचीनगरकै निलसरी मेचेको नाममा महोत्सव सञ्चालन हुनुले इतिहासको समेत सम्मान गर्दै थप तथ्यहरु खोज्न प्रेरित गरेको बताए।
इतिहासले मेचीनगरकै मेचे समुदायकी छोरी निलसरी राणा प्रधानमन्त्री जंगवहादुर राणाले विवाह गरेको तथ्यहरु फेला परिरहेको अवस्थामा स्थानीय मेचे समुदायले इतिहासको तथ्यलाई जनजनमा पुर्याउन यो महोत्सव आयोजना गरेको प्रति समुदायलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्दै विषेश अतिथि मेचीनगरका उपप्रमुख मिना उप्रेती पोखरेलले यस्ता महोत्सवले स्थानीयस्तरमा विभिन्न जाज जातिको भाषा, संस्कृति र साहित्यको संरक्षण गर्ने बताए । कार्यक्रममा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली लगायत मेचीनगरका जनप्रतिनिधिहरु, आदिवासी जनजाति समुदायका अगुवाहरु लगायतको उपस्थीति रहेको महोत्सव उदघाटन समारोह जोरसिमल मेचे समाज विकास समितिका अध्यक्ष सुन्दर मेचेको सभापतित्व तथा सचिव सञ्जय मेचेको सञ्चालनमा सम्पन्न भएको थियो ।
वैशाख २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा जातिय झाँकी सहितको साँस्कृतिक कार्यक्रम, रैथाने खानाको स्टल, फुटवल प्रतियोगिता लगायत आयोजना गरिएको महोत्सव आयोजक समितिका सचिव सञ्जय मेचेले बताए।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

