प्रसाईको संयोजकत्वमा प्रसाई मार्केटमा वाणिज्य संघको उपसमिति

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केट भित्र चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकार सहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति गठन भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले सो उपसमिति गठन गरेको हो । उप समितिको कार्यअवधि बिर्तामोड उद्योग वाणिज्य संघ सरहनै रहने छ ।
गठित उपसमितिको सह संयोजकमा शत्रुधनप्रसाद गुप्ता, सचिव पंकज कुमार मित्तल, सह सचिव निकेश कुमार विहानी र कोषाध्यक्षमा राजीव जैन रहेका छन् ।
उपसमितिको सदस्यहरुमा श्यामसुन्दर वंशल, निरज वंशल, टीका गौतम, घनश्याम ढुङ्गाना, महादेव चौधरी, रवि वंशल, राकेश विन्दल, मो. एकताज, मोहन वंशल, हेमन्त अग्रवाल, विजयकुमार अग्रवाल र रोहित वंशल रहेका छन् ।
त्यस्तै हनुमान प्रसाद मित्तल,गीताराम ढुङ्गाना, जगदीश प्रसाद मित्तल, मन्जर अली, बाबुलाल अग्रवाल, घनश्याम चौधरी , प्रेम प्रसाद अग्रवाल, विष्णु अग्रवाल, बेदप्रसाद अग्रवाल र राजु वंशललाई सल्लाहकार समतिमा राखिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।
सो अवसरमा नव गठित उपसमितिलाई डस्विन समेत प्रदान गरिएको छ । संघका अध्यक्ष न्यौपानेले उपसमिति संयोजक प्रसाईलाई फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले आठ थान डस्विन प्रदान गरेका थिए ।
यस अघि हिकोला रोडमा समेत व्यवसायीहरुको भेलाले हिकोला रोड व्यवसायी उप समिति गठन गरिएको छ ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...