शनिश्चरे एफसीसँग पराजित हुँदै जहदा एफसी मोरङ बाहिरियो

बाहुनडँगी । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो ।
बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो ।
शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको पासमा अभिषेक गुरुङले जाली चुमाएका थिए । १८ औँ मिनेटमा जहदा एफसीका लागि सुरज लिम्बूले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । गोलरक्षक आयुष योङहाङको गल्तीको फाइदा उठाउँदै सुरज लिम्बूले सुन्दर गोल गरे । गोलरक्षक अगाडि बढेको अवस्थामा विट गर्दै सुरजले गोल गरेका थिए ।
खेलको ४९ औँ मिनेटमा शनिश्चरे एफसीका लागि गणेश गजमेरले गोल गर्दै खेलको स्थिति २–१ पुर्याएका थिए । क्षितिज अधिकारीको स्थानमा दोश्रो हाफमा मैदान प्रवेश गरेका गजमेरले जहदा एफसीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । जहदा एफसीका सविन राईले डिबक्स भित्र बल क्लियर गर्न नसक्दा गणेशले उत्कृष्ट गोल गरे ।
जहदा एफसीका लागि अवि लिम्बूले ५५ औँ मिनेटमा बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । उनले टिमका लागि गर्दै खेलको स्थिति २–२ बनाए । आक्रामक मुभ बनाएको शनिश्चरेले इञ्जुरी समयमा गोल गरेको थियो । शनिश्चरे एफसीका देवेन्द्र तामाङले गोल गर्दै टिमलाई जीत नजिक पुर्याएका थिए । देवेन्द्रले प्रहार गरेको फ्रिकिक गोलरक्षक आलोक लिम्बूले बचाउन सकेनन् । अनुभवी खेलाडीहरु देवेन्द्र तामाङ, रेजिन सुब्बा, दिवस उरावँ, अभिषेक गुरुङलगायतका खेलाडी मैदान उतारेको शनिश्चरेले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच दिवस उराँव घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।
भोलिको खेल आयोजक बाहुण्डाँगी युवा क्लब र रथखोला फुटबल एकेडेमी, नक्सलबारी भारतबीच हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...