भानु साहित्यिक प्रतिष्ठानको अध्यक्षमा घिमिरे
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । यही चैत १५ गते सम्पन्न निर्वाचन कार्यक्रम तालिका अनुसार अध्यक्षका अर्का उम्मेदवार शुभद्रा भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति सदस्य लम्बोदर पौडेलले जानकारी दिए ।
घिमिरे यसअघि प्रतिष्ठानका कार्यवहाक अध्यक्ष थिए । अध्यक्ष कृष्णप्रसाद उप्रेती लामो समय विदा लिएर विदेश गएपछि उपाध्यक्ष घिमिरलाई कार्यवहाक दिएका थिए । समितिको उपाध्यक्षमा पनि यसअघिका उपाध्यक्ष मेदनीप्रसाद खरेलले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यषमा शुशलि आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि महासचिव थिए । यस्तै महासचिवमा लक्ष्मीप्रसाद उप्रेती, सचिवमा कृष्णकान्त खनियाँ र कोषाध्यक्षमा कृष्णप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा चन्द्रप्रसाद प्रसाई, दिलिपजंग सुब्बा, मणिकुमार लिम्बु, जमुना ढुंगाना, रुपनारायण भट्टराई र जयप्रसाद आचार्य रहेको निर्वाचन समिति सदस्य पौडेलले बताए । भोलि प्रतिष्ठानका सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

