टिम प्रेस क्लबलाई मेचीनगरकाे सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले भर्खरै निर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर नगर प्रमुखको कार्यकक्षमा एक कार्यक्रमकाे आयाेजना गरि प्रेस क्लब मेचीनगरको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको हो ।

प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । समितिको उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा तथा सदस्यहरुमा पुष्कर गुरागाईं, सुजन प्रधान, भोला तिम्सिना र सेवन्ता घिमिरे सर्वसम्मत चयन भएका थिए ।

आज समितिलाई नगर प्रमुख गाेपालचन्द्र बुढाथाेकीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बाेल्दै प्रमुख बुढाथोकीले प्रेस क्लबसँग सहकार्य गरेर अघि वढ्ने बताए । कार्यक्रम नवनिर्वाचित अध्यक्ष प्रकाश पाैडेलले नगरकाे सञ्चारक्षेत्रकाे विषयमा धारणा राखेका थिए । कार्यक्रमकाे सञ्चालन नगर प्रमुख सचिवालयका सचिव आशिष् पाैडेलले गरेका थिए ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
