मेचीनगर –८ : अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच शिविर सम्पन्न
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण , अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम सोमबार ८ नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७ र ८ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ७ वटा वडामा कार्यक्रम बाँकी छ ।
हालसम्म करिव ११ सय जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर ८ मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका ९० जना व्यक्तिहरु रहेका थिए । जसमध्ये वडाका प्राय सबैले स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा सहभागि भएको वडाध्यक्ष गिरीराज धमलाले जानकारी दिए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको अभियानको नवौं दिन आज मंगलबार वडानम्बर ९ मा सञ्चालन भइरहेको छ ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

