मेचीनगर –८ : नेपाल सम्बत ११४५ को अवसरमा सांस्कृतिक कार्यक्रम
मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवा: देय् दवू मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत हुने छ ।
आयोजकले मंगलबार इटाभट्टामा पत्रकार सम्मेलन आयोजना गरेको २०८१ कात्र्तीक १६ गते साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्न जानकारी दिएको हो । नेवा : देय् दवूका केन्द्री सचिव दिनेश शाक्यले नेपाल सम्बतको महत्वको बारेमा प्रकाश पार्दै यसलाई देशभर लागू गर्नु पर्ने बताए । ‘नेपाल सम्बत नेपालको आफ्नो मौलिक सम्बत हो यो कुनै जात विशेषको होइन,’ उनले भने, ‘सुरुको दिनमा नेवार समुदायले यसलाई अघि बढाएको हो अव यस सम्बतलाई सम्पूर्ण नेपालीहरले अपनत्व गरेर आफ्नो मौलिक सम्बतलाई प्रयोग गर्नु पर्छ ।’ चन्द्रमासमा आधारित यो सम्बत भक्तपुरका राजा राधदेवको पालादेखि सुरु भएको उनले बताए । राजा राधवको पालामा देश तथा जनतालाई ऋण मुक्त गर्न शंकराधर शाक्यले सरकारलाई ठूलो धन सम्पती दिए पछि राजाले खुसी भएर कुनै इच्चा भए माग्नु भनेपछि शंकराधरले नेपाल सम्बत सुरु गर्न आग्रह गरेका थिए । उनको आग्रहलाई राजाले सोही वर्षदेखि कार्यान्ययन गर्दे नेपालमा नेपाल सम्बत सुरु भएको शाक्यको भनाई छ ।
नेपाल सम्बत चन्द्र शमशेरको पाला सम्म राम्रो सँग चलेको थियो त्यसपछि नेपालमा विक्रमसम्बत सुरु गरिएकोले नेपाल सम्बत ओझेलमा परेको उनले बताए । पछिल्लो समय नेपाल सरकारले पनि नेपाल सम्बतलाई कामकाजको भाषामा प्रयोग गर्न अनुमति प्रदान गरेको उनले बताए । नेवार समुदायले हरेक वर्ष कृण पक्षको दिन शुद्ध बसेर शरीर पूजा, मह पूजा गर्ने परम्परा छ ।
साँंस्कृतिक कार्यक्रमका संयोजक अभिशेक श्रेष्ठले साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारको रुपमा परिचित स्थानीय कलाकार उत्तजंघ लिम्बूको रोचक प्रस्तुती रहने बताए । यो सँगै नेवार समुदायको लाखे नृत्य, ठाकठुके नृत्य, लिम्बू जातिको नृत्य, धिमाल जातिको नृत्य, उराउ जातिको नृत्य, खडिया जातिको नृत्य, मेचे समुदायको जातिय नृत्य प्रस्तुत हुने उनले जानकारी दिए । ‘हामी साँस्कृतिक कार्यक्रमलाई साँच्चैको साँस्कृतिक बनाउने छौं,’ उनले भने, ‘पछिल्लो समय पश्चिमी संस्कृतिले नेपालमा जरो गाड्दै गएको छ । साँस्कृतिक कार्यक्रममा छोटा कपडाले स्थान पाउँदै छन् । हामी त्यसलाई रोक्ने छौं । कार्यक्रममा हाम्रै मौलिक संस्कृति झल्कने छ ।’ पत्रकार सम्मेलनमा नेवा: देय् दवूका वडा अध्यक्ष रोहित कुमार श्रेष्ठ, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष एम के श्रेष्ठ लगयतको उपस्थिति रहेको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
