‘मेचीनगर शिक्षा नियमावली २०८१’ जारी
मेचीनगर । राज्यको स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्र अधिकार भित्र रहेर मेचीनगर नगरपालिकाले नगरको शिक्षा क्षेत्रलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यसलाई थप व्यवस्थित पार्दै मेचीनगरको समग्र शिक्षा क्षेत्रलाई कानुनसम्मत थप व्यवस्थित बनाउन ‘मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१’ जारी गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
उनले मेचीनगर शिक्षा ऐनको दफा ३७ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम मेचीनगर नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी दफा तथा उपदफाहरु कार्यान्वयनका लागि ‘मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१’ जारी गरिएको बताए ।
मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१ नगर कार्यपालिकाबाट २०८१ साल जेठ १५ गते स्वीकृत भई नगरप्रमुख गोपालचन्द्र बुढाथोकीबाट यहीँ असोज १६ गते प्रमाणिकरण भएको मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए । उनले शिक्षा क्षेत्रमा धेरै कामहरू भइरहेको भएता पनि अब शिक्षा नियमावली जारी भएसंगै अझ बढी शिक्षा सम्बन्धि कार्यसम्पादन गर्नसहज हुने बताए ।
‘मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१’ ७० पृष्ठको रहेको छ । यसको सारंश यस्तो रहेको छ !
परिच्छेद– १ प्रारम्भिक (१ देखि ३ सम्म)
परिच्छेद– २ विद्यालय खोल्ने अनुमति वा स्वीक्ति सम्बन्धी व्यवस्था (४ देखि १९ सम्म)
परिच्छेद ३ नगर शिक्षा समितिको गठन, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि (२०देखि २१ सम्म)
परिच्छेद ४ नगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, नगर शिक्षा अधिकारी तथा निरीक्षकको काम, कर्तव्य र अधिकार (२२देखि २५ सम्म)
परिच्छेद ५ विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी कार्यविधि (२६देखि ३२ सम्म)
परिच्छेद ६ पाठ्यक्रम तथा परीक्षा सञ्चालन र समन्वय (३३ देखि ३७ सम्म)
परिच्छेद ७ प्रारम्भिक बाल शिक्षा सम्बन्धी व्यवस्था (३८ देखि ४० सम्म )
परिच्छेद ८ विद्यार्थी संख्या, भर्ना र कक्षा चढाउने व्यवस्था (४१ देखि ४९ सम्म)
परिच्छेद– ९ प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम कर्तव्य र अधिकार (५० देखि ५७ सम्म)
परिच्छेद– १० छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था (५८ देखि ६० सम्म)
परिच्छेद– ११ बिदा तथा काज सम्बन्धी व्यवस्था (६१ देखि ६६ सम्म)
परिच्छेद– १२ विद्यालयको चिन्ह, नामाकरण तथा अन्य व्यवस्था । ६७ देखि ७१ सम्म)
परिच्छेद– १३ विद्यालयको सम्पत्ति संरक्षण सम्बन्धी व्यवस्था (७२ देखि ७७ सम्म)
परिच्छेद– १४ विद्यालयलाई दिइने अनुदान तथा अन्य व्यवस्था (७८ देखि ८० सम्म)
परिच्छेद– १५ विद्यालयको बजेट, आय व्ययको लेखा तथा अन्य व्यवस्था (८१ देखि ९२ सम्म)
परिच्छेद– १६ विविध ९३ देखि १०३ सम्म)
अनुसूचीहरु १ देखि १४ सम्म
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
