प्रथम झापा एक–काठमाडौं फुटसल प्रतियोगिता
झापा । प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । डिएभी स्कुल जावलाखेल,ललितपुरमा हुने प्रतियोगितामा ३० बर्ष मुनिका खेलाडी रहने छन् । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन ।
१२ गते शनिवार सन्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं। १ का ७ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । जसमा क्षेत्र नं.१ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १–काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए ।
उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारवीच रोमान्चक मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन,काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा,एमाले नेता अग्नि खरेल, एलपी साँवा, सहितका नेताहरू खेल्दै हुनुहुन्छ भने कलाकारका तर्फवाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई,टीका भण्डारी,प्रकाश सुवेदी,हेमन्त बुडाथोकी लगायत भिड्दै हुनुहन्छ । सो अवसरमा सभामुख देवराज घिमिरे र काँग्रेस नेता कृष्ण सिटौलाको पनि उपस्थिति हुने छ ।
साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं। १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने,व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।
बडा दशै,तिहार,नेपाल सम्वत र छठको शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
