बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड


काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतलगायत एसियाली मुलुकका पर्यटक आगमन सहज बनाउनुपर्ने सम्बन्धित सरोकारवालाले जोड दिएका छन् । पर्यटन कार्यालय काँकरभिट्टाद्वारा मंगलबार आयोजित ञक्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे(२०२४झ को सन्दर्भमा मित्रराष्ट्र भारत र नेपालका पर्यटन ब्यवसायी सम्बन्ध निकायहरु बीच अन्तरकृया कार्यक्रममा उनीहरुले त्यस्तो जोड दिएका हुन् ।

बिदेशी नागरिकलाई नेपालको पर्यटकीय क्षेत्रमा आकर्षण गर्न सवारी चालकलाई तालीम दिनुपर्ने, पर्यटकीय क्षेत्रमा सडक र आसपासका दृश्यलाई मनोरम बनाउनुपर्ने, स्थानीय तहले लिने गरेको पटके करमा छुट दिनुपर्ने, प्रहरीले गर्ने चेकिङलाई ब्यवस्थापन गर्नुपर्ने, उपयुक्त सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, नेपाल-भारतमा रहेका प्रसिद्ध शहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रसँग भगिनी सम्बन्ध राख्नुपर्नेलगायत बिषयमाथि सरोकारवालाको धारणा राखेका थिए ।

साथै, नेपालको पर्यटकीय क्षेत्रमा पाइने लोपोन्मुख पर्यावरण, बन्यजन्तु, कृषि उपज, भौगोलिक अवस्था, संस्कृति, हावापानी, मौसम र त्यस क्षेत्रमा पाइने छुट्टै मनोरम बिबिधतालाई थप सुधार गर्न सरकारीस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका थिए । ग्रामीण पर्यटन विकासमा सरकार चिन्तित नदेखिएकाले ग्रामीण उत्पादनलाई प्रोत्साहन गर्न नसकिएकोसमेत औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि एबम् भारतका पुर्वप्रशिद्व फुटबलर एबम् टुरिजम क्षेत्रका अगुवा भाइचन भुटियाले टुरिजम क्षेत्रको विकासका लागि आफ्नै क्षेत्रको वरिपरिको ससाना बिषयमा ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिब विशाल घिमिरेले पर्यटन विकासमा प्रदेश सरकारले योजनासहित बजेट लगानीमा सहयोग गर्ने बताए । उनले स्थानीय पर्यटन क्षेत्रको बिबिधता एबम् उपयुक्त पहिचान र सम्भाबित योजना तीब्रता दिनेसमेत बताए ।

पर्यटन अभियानता राज बासुले पर्यटन प्रवर्द्धनका लागि जनस्तरबाटै पर्यटनमैत्री हुनुपर्नेमा जोड दिए । द्यभबगतथएगिक)द्दण्द्दद्धण्ढज्ञठज्ञद्दद्दटज्ञछडडण्)कबखभ ज्ञ
भारत नेपाल सांस्कृतिक खानपान, लुवाई खुवाई, लाइफ स्टाइल बोकेका सहरमा सम्भावना खोज्ने र नेपालको राम जानकी, गौतम बुद्ध, कलकत्ताको काली मन्दिर र ताप्लेजुङको पाथीभरालाई भगिनी सम्बन्ध गाँस्न सकिने बताए ।

बिदेशी पर्यटक आगमनमा सहज बनाउन झापाको चारआलिमा शाखा स्थापना गरेर सवारीमा स्टिकर टाँसिने कार्यक्रम रहेको जानकारी दिए । क्रस बोर्डर टुरिजमलाई प्रभाबकारी बनाउन छुट्टै योजना अवधारणा ल्याउनेसमेत सचिव घिमिरेको भनाई थियो ।

पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छबिलाल खतिवडाले ञक्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे-२०२४को अवधारणापत्रसहित स्वागत गरेको कार्यक्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले जैविक विविधताको दृष्टिकोणले पर्यटन प्रवर्द्धनको धर्मसंस्कृती जातीय बिबिधता महत्व, टुरिष्जम प्रमोशनको सम्भावना रहेको बताए ।  उनले रेडपण्डा जोनको रुपमा इलामलाई बिकास गर्ने योजना कार्ययोजना बनाएको उल्लेख गरे।

सुर्यदय नगरपालिकाका मेयर दलबहादुर राईले नगरपालिकाबाट ३५१ अवलोकन भ्रमण गर्न आएको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कमि र भुक्तानीलाई डिजिटल ब्यवस्थापन हुन आवश्यक भएको औंल्याए ।

कार्यक्रममा नाटाको सचिव पुन्य भट्टराई, यातायात ब्यवसायी राजेन्द्र रिजाल, होम-स्टे केन्द्रिय उपाध्यक्ष एकराज घिमिरे, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईं, सागर शिवाकोटी, मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीलगायतले बोलेका थिए ।

कार्यक्रममा पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले सम्भाबित पर्यटन क्षेत्रको सुझाब, प्रभाव र प्रस्तावको बिषयमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।