मेचीनगर नगरपालिका : महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ ।
बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन शत्रको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित सम्मान गरेका हुन् ।
बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ ।
नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानित गरिसकेको छ ।
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...


