धाईजन–चारआली फुटबल क्लव झापा विजयी

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा भईरहेको कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा धाईजन–चारआली फुटबल क्लव झापा विजयी भएको छ । धाईजन–चारआली फुटबल क्लव झापाले सुनसरी फुटवल क्लवलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
सुनसरीलाई ३–० गोल अन्तरले हराउदै धाईजन–चारआली फुटबल क्लव झापा विजयी भएको हो । धाईजन–चारआली झापाका तर्फबाट जर्सी नम्बर ८ का खमिर गिल्सन लिम्बू , जर्सी नम्बर ९ का प्रदिप बुढाथोकि , ११ का मनिष लिम्बूले गोल गर्न सफल भएका थिए ।
कोशी प्रदेश खेलकुद विकाश बोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सह–आयोजना तथा खेलकुद विकाश समिति तेह्रथुमको संयोजनमा म्याङलुङ रंगशालामा शुरु भएको प्रतियोगिताको उदघाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ । धाईजन–चारआली फुटबल क्लव झापा सेमिफाइनलमा ओखलढुगा फुटबल क्लवको सामना गर्नेछ ।

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...

काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको...