स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय २५ जना लाभान्वित
मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए ।
साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए ।
अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गरिएको जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो ।
स्व. सञ्जुहाङ्गका पिता सुवास राईको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशका वन तथा पर्यटन वातावरण राज्यमन्त्री बन्दना झाँगडले गरेकी थिइन् ।
कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य इन्दिरा कार्की, क्षेत्रीय संयोजक माधव अर्याल, प्रदेश क्षेत्रीय कमिटि संयोजक राजु दाहाल, मेचीनगर अध्यक्ष राजन चिमरिया, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, घैलाडुब्बा शिवालय मन्दिरका अध्यक्ष गणेशकुमार खरेल, निवर्तमान अध्यक्ष चन्द्र कोइराला, उपाध्यक्ष जीवन तामाङ, टोकला युवा क्लबका सचिव निरज राई, नेकपा एमाले मेचीनगर नगर कमिटि सदस्य सन्तोष मेचे, मेचीनगर-५ का कार्यवाहक वडा अध्यक्ष मनकुमार लिम्बू, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्य देवीमाया विश्वकर्मा, मन्दिरका पुजारी मणिराम दासलगायतको आतिथ्यता रहेको थियो ।
स्व. सञ्जुहाङ्ग राईका मितबुवा किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विवेक कालिकोटेले गरेका थिए ।
स्व. सञ्जुहाङ्ग राईका परिवारले पाँच लाख रुपैयाँको स्व. सञ्जुहाङ्ग स्मृति अक्षयकोषको समेत घोषणा समेत गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने आयोजकका तर्फबाट किशोर उपरकोटीले बताए ।
अन्य क्षेत्र खेलकुद, सांस्कृतिक, व्यक्तित्व विकासलाई पनि वर्षेनि समेट्ने आयोजकले जनाएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
