कन्भेन्ट स्कूल : आर्ट प्रतियोगिता सम्पन्न
मेचीनगर । मेचीनगर-९ स्थित कन्भेन्ट इङ्लिस स्कूलले अतिरिक्त क्रियाकलप अन्तर्रगत आर्ट प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा १ देखि १० सम्मका बिद्यार्थीलाई चार समूहमा बिभाजन गरी प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा १ देखि ३ सम्मको समूहमा भएको प्रतियोगितामा कक्षा १ का अमित प्रथम भए । कक्षा ४, ५ र ६ का विद्यार्थीहरुबीच भएको प्रतियोगितामा कक्षा ५ का कोइनुर श्रेष्ठ प्रथम भइन् । त्यसैगरी कक्षा ६,७ र ८ बीच भएको प्रतिष्पर्धामा कक्षा ८ की रिया मेचे प्रथम घोषित भइन् ।
उता कक्षा ९ र १० का छात्र छात्रा बीच भएको प्रतियोगितामा कक्षा ९ की प्रकृति बुढाथोकी प्रथम भइन् । प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीहरुलाई ट्रफि प्रदान गरिएको विद्यालयका शिक्षक भिमेत क्षेत्रीले जानकारी दिए । उनीहरुलाई शिक्षक नूमा श्रेष्ठ, खुसी कार्की, प्रतिमा कार्कीले ट्रफि प्रदान गरेका थिए । बिद्यालयले बिभिन्न समयमा विद्यार्थीहरुबीच अतिरिक्त प्रतियोगिता गराउँदै आएको विद्यालयका प्रिन्सिपल बिक्रम क्षेत्रीले बताए ।

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
