महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

बिर्तामोड । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो ।
छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।
यो संस्करणमा कम्तिमा एक सयजना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ । सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...