आसाम डाउन टाउनले दियो नेपाली विद्यार्थीलाई १० करोड भारुको छात्रवृत्ति

काँकरभिट्टा । आसाम डाउन टाउन युनिभर्सिटी (एडीटीयू) ले कमन स्कलरशिप इक्जाम (सीएसटी)मा सहभागी हुन नसकेका नेपाली विद्यार्थीलाई समेत छात्रवृत्ति दिने भएको छ ।
एडीटीयूका तर्फबाट युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराईले शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलन गरी सीएसटीमा सहभागी बन्न छुटेका नेपाली विद्यार्थीलाई अब मेरिट (प्राप्तांक)का आधारमा छात्रवृत्ति दिइने घोषणा गरे ।
पूर्वोत्तर भारतमा सन् २०१० मा स्थापित सबैभन्दा ठूलो र प्रतिष्ठित यो युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको आकर्षण रहँदै आएको छ । कोरोना महामारीपछि युनिभर्सिटीले नसोचेको आँकडामा नेपाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गरिरहेको भट्टराईले बताए ।
‘सीएसटीमा समावेश हुन कतिपय कारणले छुट्नु भएको छ भने,’ छात्रवृत्ति सुनिश्चित गर्दै उनले भने–‘उहाँहरुलाई आसाम डाउन टाउन युनिभर्सिटीमा पढ्नका लागि हामी मेरिटबेस स्कलरशिप दिने घोषणा गर्दछौं ।’
इन्जिनियरिङ, मेडिकल, पारामेडिकल, होटल मेनेज्मेन्ट, सूचना तथा प्रविधि लगायतका दर्जनौं विषयमा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीहरुका लागि आसाम डाउन टाउन युनिभर्सिटी पहिलेदेखिको आकर्षक रोजाइ बन्ने गरेको हुँदा युनिभर्सिटीले गत वर्षदेखि छात्रवृत्तिको ठूलो अफर दिइरहेको भट्टराई बताउछन्।
सन् २०२२ मा नेपाली विद्यार्थीका लागि भारु। ५ करोडको छात्रवृत्ति दिएको यो युनिभर्सिटीले यसपटक सन् २०२३ का लागि भारु १० करोडको छात्रवृत्ति दिने घोषणा गरेको छ । एसइई र कक्षा १२ को परीक्षा दिएका नेपाली विद्यार्थीहरुले छात्रवृत्ति पाउनका लागि एक साताअघि नै कमन स्कलरशिप इक्जाम (सीएसटी) परीक्षा दिएका थिए । यसको नतिजा समेत सार्वजनिक भइसकेको छ ।
एडीटीयूमा ब्याचलर, मास्टर्स र पीएचडी तहको पढाईका लागि नेपालबाट विद्यार्थीहरु जाने गरेका छन् । मास्टर्स तहको सीएसटी पनि भइसकेको छ । एसइईको नतिजा आइसकेको र कक्षा १२ को परीक्षामा राम्रो नतिजा आउने विश्वास भएका नेपाली विद्यार्थीहरुले अब मेरिटका आधारमा स्कलरशिपको दावी गर्न सक्ने र त्यसका लागि काँकरभिट्टास्थित कार्यालयमा सम्पर्क गर्न सकिने युनिभर्सिटीको नेपालमा रहेको आधिकारिक प्रतिनिधि संस्था लक्ष्मी एजुकेसलन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक समेत रहनु भएको भट्टराईले बताए ।
उनले हरेक विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरेको समेत घोषणा गरेका छन् । ‘कतिपयले यो छात्रवृत्ति भनेको पहिलो सेमिस्टार वा वर्षका लागि मात्र होला भन्ने ठान्नु भएको रहेछ,’ उनले छात्रवृत्ति बारे स्पष्ट पार्दै भने–‘हामी त्यस्तो गर्दैनौं । शतप्रतिशत होस् या आंशिक छात्रवृत्ति पाउनु भएको छ भने हामी उहाँले यसको फाइदा आफ्नो तहको चार वा तीन वर्र्ष कोर्स पूरा हुञ्जेलका लागि पाउनु हुने ग्यारेन्टी गर्दछौं ।’
आसामको गुवाहाटीमा रहेको युनिभर्सिटी नै नेपाली विद्यार्थीहरुले रोज्नुमा त्यहाँको हावापानी, भूगोल, भाषा, संस्कृति, रहनसहन र नजिकको दूरीको समेत कारण रहेको भट्टराईले बताउनुभयो । झापाबाट गुवाहाटी पुग्न काठमार्डौभन्दा नजिक पर्दछ । त्रिभुवन विश्वविद्यालयबाट आसाम डाउन टाउन युनिभर्सिटीमा पढाई पूरा गरेर फर्किएका कुनै पनि विद्यार्थीको समकक्षता प्रमाणपत्र लिनका लागि आजसम्म समस्या नपरेको उनले जानकारी दिए ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...