मेचीनगर : ८० बर्ष माथिका जेष्ठ नागरिक सम्मानित
मेचीनगर । विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसकाे अवसरमा विहिवार विविध कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सवै बनाै जिम्मेवार , नगराैँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे ।
हिंसाकाे श्रृङखला बन्दः ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बाेधनका लागि नीति नियम र प्रमाणमा आधारित प्रतिक्रियासहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले कार्यक्रम आयाेजना गरेकाे हाे ।
कार्यक्रममा बाेल्दैँ प्रमुख अतिथि नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले “ज्येष्ठ नागरिक मैत्री सम्मान” नगरका रूपमा मेचीनगर नगरपालिकालाई घाेषणा गर्ने गृहकार्य शुरू गर्न ज्येष्ठ नागरिक समाजलगायत सवै लाग्न आग्रह गरिन् ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक हाेम अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ८० बर्ष नाघेका जेष्ठ नागरिकहरू माेहनसिंह तामाङ , रामकुमार कट्टेल, दिलबहादुर थापा, जगतलाल गुभाजु, सीता राई र गाैमाया श्रेष्ठलाई सम्मान गरिएकाे थियाे । प्रमुख अतिथि नगर उपप्रमुख उप्रेती, ज्येष्ठ नागरिक समितिका वरिष्ठ उपाध्यक्ष हिम्मत क्षेत्रीलगायतले उनीहरूलाई दाेसल्ला उढाएर सम्मान्न गरिएकाे थियाे ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
