प्रथम वडाध्यक्ष कप : धुलाबारी बजार क्षेत्र बिजयी
मेचीनगर । धुलाबारी बजार क्षेत्रले मेचीनगर-९ मा सम्पन्न प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि उचालेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३–२ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो ।
स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न नसक्दा हार व्येहोरेको हो ।
पहिलो हाफमा १ गोलले पछि परेको धुलाबारी बजार क्षेत्रले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्यो । खेलको ४२ औँ मिनेटमा लगातार २ गोल र ६० मिनेटमा थप १ गोल गर्दै धुलाबारी बजार क्षेत्र ३ गोल गर्न सफल बनेको हो ।
खेलको अन्त्यमा मागुरमाडीले १ गोल फर्काए पनि बिजेता बन्न भने सकेन । जसअन्तर्गत ३–२ को गोलअन्तरले धुलाबारी बजार क्षेत्रले उपाधि जितेको हो ।
उपाधिसगैँ धुलाबारीले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने मागुरमाडीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । गत माघ २७ गतेबाट शुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
