प्रेस चौतारी झापा : अग्रज पत्रकारहरुलाई सम्मान
विर्तामोड । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।
विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् । पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुन् । काजी, क्षेत्री,विद्रोही र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज हुन् । पकुवाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको हो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव प्रकाश पौडेल, चौतारीको इतिहास बारे प्रेस चौतारीका प्रदेश इन्चार्ज गणेश पोखरेल र सम्मानित व्यक्तित्वहरुको परिचय प्रेस चौतारी झापाका इञ्चार्ज सन्तोष आचार्यले मन्तब्य व्यक्त गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री कार्की, सम्मानित व्यक्तित्व गोविन्दचन्द क्षेत्री, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले मन्तब्य शुभकामना व्यक्त गरेका थिए ।
नेकपा एमाले प्रचार विभागका सदस्य गोपाल काफ्लेले सम्मान पत्र पढेर सुनाएका थिए भने चौतारीका झापा उपाध्यक्ष प्रदिप परियारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, जिसस प्रमुख विश्व बराल, प्रजिअ शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की लगायतको आतिथ्यता रहेको थियो ।
सम्मानित अग्रज पत्रकारहरुको तर्फबाट मन्तव्य राख्दै गोविन्दचन्द्र क्षेत्रीले प्रेस चौतारीको कार्यक्रम सह्रानीय भएको बताए । उनले चौतारीले सबै आस्थाका पत्रकारहरुलाई निम्तो गरेर स्थापना दिवस मनाएको प्रशंसा गरेका छन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...

