आरध्य साकोस मेचीनगरको सदस्य शिक्षा कार्यक्रम
मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लि मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर-७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित गंगा मेमोरियल स्कुल नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो ।

संस्थाले प्रधान कार्यालयसंगै मेचीनगर ६ स्थित नकलबन्दा र मेचीनगर १५ स्थित वंशलबाट शाखा कार्यालय मार्फत पनि आफ्नो सेवा प्रदान गरिरहेको छ । जसमा आज नकलबन्दा शाखाका सदस्यहरूलाई एकै ठाउँमा बोलाएर सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले सोही अवसरमा काम कर्तव्य र भावि योजना र सदस्य लक्षित सहकारी शिक्षा कार्यक्रममा संस्थाकी अध्यक्ष गिता राजवंशी, उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, सदस्य अनुप राजवंशी, लेखा समिति संयोजक नारायण दङ्गाललगायतको उपस्थिति रहेको सस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

पछिल्लो समय आरध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षालाई प्रभावकारी बनाउन आफ्नो सदस्यहरूलाई तालिमको व्यवस्था गर्दै आएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
