झापाको धुलाबारीमा इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने
मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने छ ।

धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीन सहित प्रदेश नं १ का ७ वटा टिमले प्रतिष्पर्धा गर्ने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । धुलाबारी माविको खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिताबारे आयोजकले जानकारी गराएको हो ।
अहिले प्रतियोगिताको तयारी तिब्र रुपमा भइरहेको छ । आयोजकले नेपालको सात वटै टिम फाइनल भइसकेको जनाएको छ । भारतको दुइ वटा क्लब फाइनल भइसकेका छन् । अब एउटा भारतिय टिमको टुंगो लाग्न बाँकी रहेको फुटबल प्रशिक्षक समेत रहेका आयोजक समितिका सचिन्द्र धिमालले जानकारी दिए ।
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट आयोजक धुलाबारी भेट्रान क्लबसहित धरान भेट्रान फुटबल क्लब धरान, विराट मेघा स्पोर्ट एकाडेमी विराटनगर, दमक लखनपुर भेट्रान फुटबल क्लब दमक, धरमपुर भेट्रान फुटबल क्लब धरमपुर, विर्तामोड भेट्रान फुटबल क्लब विर्तामोड, काँकरभिट्टा भेट्रान फुटबल क्लब काँकरभिट्टा छन् । त्यस्तै भारतको दार्जिलिङ्गबाट भिजन एफसी र सिलुगढीबाट कञ्चनजंघा फुटबल क्लब प्रतियोगितामा आउने फाइनल भएको आयोजकले जनाएको छ । अब एउटा भारतको टिम पनि चाडै टुङ्गो लाग्ने आयोजकको भनाई छ ।
प्रतियागिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र म्यान अफ द सिरिज घोषित हुनेले नगदसहित पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले पनि नगद पाउनेछन् ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा)को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झापा क्षेत्र नं १ का संघिय सांसद विश्वप्रकाश शर्मा, मेचीनगर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष गणेश विक्रम नेम्बाङ, रोलिङ क्लब अफ धुलाबारीका अध्यक्ष नोभेम्बर नेम्बाङलगायतको आतिथ्यता रहेको थियो ।
धुलाबारी भेट्रान क्लबका अध्यक्ष गोकुल हुमागाईको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव सरोज गुरूङले गरेका थिए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
