तेस्रो खुदुनाबारी गोल्डकप : जुनतारा एफसी सेमिफाइनलमा प्रवेश

झापा । झापाको अर्जुनधारामा आइतबारबाट सुरु भएको तेस्रो खुदुनाबारी गोल्डकप १ नं प्रदेश स्तरीय खुल्ला महिला फुटबल प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब झापाले विजयी सुरूवात गरेको छ ।
अर्जुनधारा ३ खुदुनाबारी स्थित कैदलेको प्रस्तावित प्राकृतिक रंगशालामा आजबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ५-०गोल अन्तर पराजित गर्दै जुनतारा महिला क्लब विजयी भएको हो । यो जितसंगै जुनतारा महिला क्लब झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जुनताराको जितमा खेल सुरु भएको २१ औं मिनेटमा सञ्जु राईले गरेकी थिइन् । त्यस्तै ३२औं मिनेटमा गंगा माया राईले गोल गर्दै अग्रता दोब्बर बनाईन । जनता सेभेन फुटबल क्लब इलामसामु शसक्त उत्रेको जुनताराकको लागि तेस्रो गोल ५० औं मिनेटमा ममता राउतले गरिन । त्यस्तै खेलको ५२औं र ५५औं मिनेटमा अनिता लम्जेलले २ गोल गर्दै टिमलाई ५(० गोलको अन्तरमा विजयी बनाइन । खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै २ गोल गर्न सफल विजेता टिमकी अनिता लम्जेल आजको खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगदसहित ट्रफी प्राप्त गरिन् ।
गोल्डकपको उदघाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले गरेका थिए । अर्जुनधारा ३ स्थित च्यारिटी युथ क्लब (सीवाईसी) ले आयोजना गरेको खुदुनाबारी गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।
१ नं प्रदेशका विभिन्न ८ वटा टिम सहभागी रहेको गोल्डकपको दोस्रो खेलमा भोलि असोज १० गते पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र रोयल कलब दमक झापाबिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...