बालदिवसको अवसरमा नगर स्तरीय फुटसल प्रतियोगिता
मेचीनगर । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाका ८ वटा विद्यालयका टिम सहभागी रहेको उक्त प्रतियोगितामा धुलाबारी मावि प्रथम र इष्टहोराइजन बोर्डिङ्ग स्कूलले दोस्रो स्थान हासिल गरेका थिए ।
फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।
रोट्राक क्लब अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्तीले बाल अधिकार र बाल दिवसको बारेमा आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाललगायतको आतिथ्यता रहेको थियो ।


आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
