फोहोर व्यवस्थापनमा मेचीनगर प्रमुखसहित चार नगरको साझा धारणा बन्दै


कन्काई ।  झापाका अधिकाँश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् ।

यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको विषयमा मेचीनगर, विर्तामोड, अर्जुनधारा कन्काई नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच निक्कै लामो छलफल भएको छ । फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा स्थानइ सरकार प्रमुख उपप्रमुखहरुले बजारबाट संकलने फोहोरबाट मोहोर बनाउँन सकिने सामूहिक निष्कर्श निकाले छन् ।

झापाको कन्काई नगरपालिका–२ मा अवस्थित कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको सभाकक्षमा भएको छलफलमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न सकिने् र देशका विभिन्न भागमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको समेत उदारहण प्रस्तुत गरेका थिए ।

छलफलमा झापाको कन्काई नगरपालिका–२ मा अवस्थित कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब केहि महिनाभित्र सञ्चालनमा आउने कन्काई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी गराउनुभयो । उहाँले छिमेकी पालिकाहरूसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको भन्दैं मेचीनगर र भद्रपुर नगरपालिकालाई समेत यो आयोजनामा लगानी गर्न प्रस्ताव गर्नुभयो । अहिले झापाका अधिकाँश पालिकाहरुले राजमार्ग तथा खोला नदीका छेउमा अस्थायी रूपमा फोहोर तह लगाउने गरेको भन्दैं यसको स्थायी समाधानका लागि आफुहरु लागि परेको धारणा अघि सार्नुभयो ।

अब हरेक स्थानीय सरकराले फोहोर संकलनमा टोल विकास समितिलाई परिचालन गराउनुपर्नेमा सहभागीहरुको जोड थियो । स्थानीय सरकारले निकै अधिकार पाएका छन् । तर, सहरको फोहोर स्थायीरुपमा तह लगाउन निक्कै गाहे परेको बैठकमा सहभागीहरुले बताएका थिए । घरबाटै फोहोरको वर्गीकरण गर्नुपर्ने र फोहोरको वर्गाीकरण गर्न नसक्दा सहरमा फोहोरको विर्सजन चुनौतीपूर्ण बनेको छ । सहरको फोहोर नदी र जंगलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा समेत असर पार्ने भन्दैं छलफलमा सहभागीहरुले चिन्ता समेत व्यक्त गरेका थिए ।

‘नदी र जंगलको विचमा फोहोर फालेर यो समस्याको दिगो समाधान हुँदैन’ मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले भन्नुभयो —‘जबसम्म स्थानीयलाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, स्थानीयमा आफै स्वतस्फूतरुपमा चेतना आउदैंन, तबसम्म यो समस्या चुनौतीपूर्ण भइरहन्छ ।’

नकुहिने खालको प्लाष्टिक र सिसा भएका वस्तु वर्गीकरण गर्नुपर्नेमा जोड दिदैं मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारले कुहिने र नकुहिने गरि छुट्याउने बानी स्थानीयमा बसाल्न सके मात्रै पनि आधाभन्दा बढी फोहोर घरमै तह लाग्ने बताउनुभयो ।

आफ्नै घरबाट निस्कने फोहोर कुहाएर मल बनाउन पनि सकिने भन्दैं उहाँले तरकारी र फलफूलबाट निस्कने फोहोरलाई कुहाएर मल बनाएर त्यही मल हालेर तरकारी उत्पादन गर्न सकिने हुँदा त्यसतर्फ स्थानीयलाई चेतना दिनुपर्ने भनाई छ । फोहोरलाई आर्थिक उत्पादनसँग जोड्न सकिने र कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीबाट अबको केही समयमै ग्यास उत्पादनको काम सुरु हुन कन्काई नगरप्रमुख पोखरेलको भनाई छ ।

जताभावी वा सार्वजनिक स्थलमा फोहोर फयाक्नेलाई दण्ड जरिवाना र फोहोरको वर्गीकरण गरेर राखेमात्र सम्बन्धित पालिकाको फोहोर संकलन गर्ने सवारी साधनले फोहोर उठाउने गरे पनि यो समस्या थोरै समाधान हुने विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको भनाई छ ।

नेपालका अन्य शहरले फोहोरलाई मोहरमा परिणत गरेर आम्दानी गर्न थालिसकेका छन् । बिर्तामोडमा पुर्वकै सबैभन्दा धेरै फोहोर जम्मा हुने आकलन गरिएको छ । तर, हालसम्म कति परिमाणमा फोहोर बिर्तामोडमा जम्मा हुन्छ भन्ने तथ्यांक कतै भेटिएको छैन । तर, अहिले जिल्लाका सवै पालिकालाई आ आफ्नोक्षेत्रमा उत्पादन भएको फोहोर कसरी व्यवस्था गर्ने निक्कै ठूलो सकस छ । ‘फोहोर व्यवस्थापन अहिले हामी सवैको निक्कै ठूलो चूनौतीको विषय बनेको छ’ मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले भन्नुभयो —‘ यो सवैको सामूहिक समस्या हो । यो विकराल समस्यालाई समयमै व्यवस्थापन नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउछ । ’

अहिले फोहोर तह लगाउने उपायबारे सवै पालिकामा छलफल भइरहेको छ । बढदो जनघनत्व र तिव्र सहरीकरणले गर्दा फोहोर बढिरहेको कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीका सञ्चालक सोमनाथ उप्रेतीको भनाई छ । नदी छेउमा अव्यस्थित रूपमा फोहोर फाल्दा स्वास्थ्यसँगै पर्यटन क्षेत्रमा असर पार्ने भन्दैं उहाँले स्थानीय सरकार दीर्घकालीन फोहोर व्यवस्थापनको योजनाकालागि अघि बढ्नुपर्दछ । फोहोर व्यवस्थापनको काम निकै जटिल बनेको भन्दैं उप्रेतीले १८ करोड रुपैयाँ लगानी भइसकेको यो आयोजनामा संयुक्त लगानी गरेर जिल्लाका सवै पालिकाहरु फोहोर प्रशोधन केन्द्र बनाउने योजनातर्फ लाग्न समेत जोड दिनुभयो ।

उर्जाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ देखि ३ महिनाभित्रमा उर्जा सञ्चालनमा आउने कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईले जानकारी दिनुभयो । कम्पनीलाई विश्व बैँकको बैकल्पिक उर्जा प्रबन्धन केन्द्र नेपालको ५ करोड ४८ लाख सहयोग रहेको छ । यस्तै कन्काई, विर्तामोड र अर्जुनधारा नगरपालिकाले ५०/५० लाख लगानी गरेका छन् । १८ करोड रुपैयाको लागतमा निर्माण हुने सो परियोजना निर्माणका लागि कम्पनीले ५७ कट्ठा जग्गा खरिद गरेको छ भने ५४ लाख रुपैयाको लागतमा सन्का खोलामा बाँध बाँधेको छ ।

तीन वटै नगरपालिकाको कुहिएर जाने फोहोरमैला संकलन गरी कुखुराको सुली र गाईबस्तुको मलमुत्र, मकैका ढोडलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी दैनिक १० टन झोल र ठोस मल उत्पादन गरी नगरमा अग्र्यानिक खेतीतर्फ प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।