एमालेको सहकारी विभागमा रामचन्द्र उप्रेतीसहित झापाका ३ मनोनित
मेचीनगर । नेकपा एमालेले गठन गरेको २३ सदस्यीय सहकारी विभागमा झापाका ३ जना सहकारीकर्मी मनोनित भएका छन् । केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख ५ गते बसेकोे पार्टी बैठकले मनोनित गरेको सदस्यहरुको सूचीमा झापाको एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, साहारा नेपाल सहकारीका सचिव महेन्द्र गिरी, कृषि केन्द्रीय सहकारी संघका उपाध्यक्ष मिना ढकाल निर्वाचित भएका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरेलद्धारा सार्वजनिक सूचीमा विभागको प्रमुख कमल चौलागाईं, उपप्रमुख अमृता सुब्बा र निर्मल कुमार भट्टराई रहेका छन् ।
सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डीबी बस्नेत, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक मनोनित भएका छन् ।
समायोजनका तर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, पूर्व विभाग सदस्य भीम तुलाचन, समायोजनातर्फ पूर्व विभाग सदस्य भुवन बिक्रम घिमिरे मनोनित भएका छन् । चौलागाइ यसअघि माधव नेपालको नेतृत्वमा रहेको नेकपा एसमा सक्रिय थिए ।
नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारी, पर्यटन केन्द्रीय सहकारीका संघका महासचिव देवराज पराजुली, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई तिमिल्सिना मनोनित भएका छन् ।
यसैगरी पूर्व विभाग सदस्यहरु विश्वनाथ मण्डल र शम्भु गुप्ता मधेश प्रदेशको रुपमा मनोनितमा भएका छन् भने विज्ञको रुपमा केशव पोखरेल र डा. खगराज शर्मा मनोनित भएका छन् ।
पूर्व विभाग सदस्यहरु कर्णाली प्रदेशबाट हरिहरनाथ योगी, गण्डकी प्रदेशबाट रामबहादुर जिसी मनोनितमा भएका छन् । समायोजनबाट स्वास्थ्य सहकारी केन्द्रीय संघका महासचिव खेमराज सुवेदी र पर्यटन सहकारी केन्द्रीय संघका अध्यक्ष रामशरण शर्मा घिमिरे र नेफ्स्कुनका सञ्चालक जिवसराज खड्का पनि विभागमा मनोनयन भएका छन् ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

