आजदेखि काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसो ३ : ३० बजे हुने छ । प्रतियोगितामा मेचीनगरका- ४ वटा टिमको सहभागिता रहेको छ ।

फुटबल प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए । सिटी लिग यु–१४ फुटबल प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुने छ ।

त्यसैगरी आयोजकले सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार १ सय, सर्वाधिक गोलकर्तालाई ४ हजार १ सय, उत्कृष्ट फर्वड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजार १ सय र खेलको म्यान अफ दी म्याचलाई ५ सय तथा प्रत्येक खेलको इमर्जाीगं प्लेयरलाई ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्रदान गर्ने जनाएको छ ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
