राप्रपाका जिल्ला सदस्य आचार्य सहित ५८ जना एमालेमा प्रबेश
काँकरभिट्टा । मेचीनगर तथा जिल्लामा राम्रो छवी बनाइसकेका राप्रपाका युवा नेता शुशिल आचार्य सहित ५८ जनाले आज आइतबार राप्रपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काँकरभिट्टामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश सदस्य माननिय श्री प्रसाद मैनाली, लगायतका नेताहरुले नवप्रवेशीहरुलाई अविर लगाएर प्रवेश गराएका थिए ।

सो कार्यक्रममा प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला सचिवालय सदस्य टिका मंग्राती, नेकपा एमाले नगर अध्यक्ष राजु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

