मेचीनगरमा एकीकृत समाजवादी गठवन्धनबाट बाहिरिने संकेत
मेचीनगर । नेकपा (एकीकृत समाजवादी) पार्टी मेचीनगरमा गठबन्धनबाट बाहिरिने सम्भावना बढेको छ । उक्त पार्टीले मेचीनगरमा तीन वटा बडाध्यक्षको दावी गरेपछि गठवन्धनसँग सहमती जुट्न नसकेको हो ।
गठवन्धनको वैठकमा समाजवादीलाई एउटा मात्र वडाध्यक्ष दिने भनेपछि सहमती हुन नसकेको हो । पार्टीले सहमती नजुटेपछि मेचीनगरमा आफ्नै तरिकाले तयारी थालेको समाजवादीका मेचीनगर सचिव हरि तिम्सिनाले बताए ।
समाजवादी० ले मेचीनगर नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित सबै वडामा उम्मेदवार उठाउने भएको हो । नेकपा (एकीकृत समाजवादी) को नगर कमिटीले मेचीनगरमा गठबन्धनको औचित्य अनुरुपको व्यवहार नभएको भन्दै आफ्ना उम्मेदवार नगर र सबै वडामा उठाउने निर्णय गरेको हो ।
नगरका सचिव तिम्सिनाले भोलि मेयर, उपमेयरसहित सबै वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गर्ने उनले बताए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

