मेचीनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।
शिविर मेचीनगर नगरपालिकाको प्रायोजनमा धुलावारी माध्यमिक विद्यालयले नेपाल भेटरिनरी एसोशिएसन प्रदेश नम्बर १ पज सोसाइटी नेपालको प्राविधिक सहयोगमा आयोजना गरेको हो । नगरपालिकाले यसअघि पनि शिविर सञ्चालन गरे पनि समाजमा अझै छरिएर रहेका यस्ता कुकुरको बन्ध्याकरण शुरु गरेको हो ।
पहिलो दिन मेचीनगरको काँकरभिट्टा, प्यारीभिट्टा र इटाभट्टाका ६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिए । टोलीले मेचीनगरका वडा नं ६, ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको थियो । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढ्ने गरेको छ ।
मेचीनगर नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको नगरप्रमुख विमल आचार्यको भनाई छ । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि नगरपालिकाले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो ।
तीनदिनसम्म सञ्चालन हुने शिविरको दोस्रो दिन नगरको धुलावारी ज्यामिरगढीलगायतका क्षेत्रबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएर बन्ध्याकरण गरिने छ । तेस्रो दिन चारआली धाइजनलगायतका क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण गरिने छ । मेचीनगरको धुलावारी माध्यमिक विद्यालयमा आजदेखि सुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर फागुन १९ गतेसम्म सञ्चालन हुनेछ । नगरका विभिन्न ठाउँबाट कुकुरहरु जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कनाल, नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीलगायतले बोलेका थिए । शिक्षक रमेशकुमार दाहालले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले स्वागत गरेका थिए ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...