काकँडभिट्टा–काठमाडौँ बस सेवा विस्तार
काठमाडौँ । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘ ‘अहिले काठमाडौँ–काकँडभिट्टा सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ’, उनले भने । उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
