नगर सहसचिवमा भट्टराईको उम्मेद्वारी घोषणा
मेचीनगर । सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सहसचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् ।
मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले विष्णुप्रसादलाई सहिद घोषणा गरेको थियो ।
विष्णुप्रसाद आन्दोलनका बेला अग्रमोर्चामा खटिएका थिए । उनी त्यसदिन बेलुका घर फर्किने क्रममा साइकलमा चारआलीबाट धुलाबारी आउदै गर्दा ह्रदयघात भएर निधन भएको थियो ।

कांग्रेस मेचीनगरको यहि भदौ २७ गते हुने नगर अधिवेशनका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यका स्वकीय सचिव ९पिए० समेत रहेका भट्टराईले सहसचिव पदमा उम्मेद्ववारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसको १२ औँ महाधिवेशनदेखि क्रियाशिल सदस्यता रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् ।
संगठनको हित, संगठन बिस्तार र संगठन मजबुत बनाउदै नयाँ ढाचाबाट पार्टीलाई अघि बढ्नका लागि मेरो पूर्ण योगदान रहने उनले बताए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
