झापा ट्राफिक प्रहरीको अभियान : तपाईको मास्क खै ?

झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मास्क अभियान शुरु गरेको छ । सरकारले शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै झापामा पनि मास्क अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँईले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको पहरी निरीक्षक चापागाँईले बताए । अभियानमा मास्क लगाउनुको महत्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ ।
अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै ट्राफिक प्रहरी निरीक्षक चापागाँईले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आग्रह समेत गेका छन् ।
अभियान अन्र्तगत आइतबार बिर्तामोड स्थित पश्चिम बस स्टेण्ड छेउमा गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले तपाईको मास्क खै रु, मास्क सही तरिकाले लगाउनुभयो रु, हिड्डुल गर्दा मास्क लगाऔं लगायतका प्ले कार्ड र ब्यानर सहित सचेतना मुलक कार्यक्रम गरेका थिए । कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र,इलाका प्रहरी कार्यालय अनारमनीको पनि सहभागिता रहेको थियो ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...