माओवादी केन्द्र मेचीनगर ८ सिंगो वडा कमिटी नै नेकपा एमालेमा
झापा। झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । समाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी रहेको एमालेका नेता एवम् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए ।
शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ टोकला इकाई परिवार एमालेमा समाहित भएका हुन् ।
दुई दशक अघिदेखि माओवादी केन्द्रमा आबद्ध रहेका मेचीनगर ८ वडा कमिटीका अध्यक्ष कुन्दन निरौलाका अनुसार देश र जनतालाई निकास दिने एक मात्र पार्टी केपी ओली नेतृत्वको एमाले रहेको हुँदा आफुहरू एमालेमा समाहित भएको बताए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

