विदेशमा बेचिएका चेलीबेटीको कथामा चलचित्र ‘रिभेन्जुको धमाधम छायाङ्कन
झापा । नेपाली कथानक चलचित्र रिभेन्जको पूर्वमा धमाधम छायाङ्कन भइरहेको छ । डिएस डिजिटल सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्र मोरङको तरहराका विभिन्न क्षेत्रमा छायाङ्कन भइरहेको छ । शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको फिल्ममा नेपालबाट विदेशमा बेचिएका चेलीबेटीहरूको कथालाई समेट्न खोजिएको निर्देशन घायलले बताए ।

नेपालमै पहिलो पटक साउथ मुभीको झल्को दिने गरी चलचित्र पर्दामा ल्याउने तयारी रहेको उनले बताए । चलचित्रमा रविन श्री ,गङ्गा कुवर ,रोशन बिसी पुष्पराज नेपाल,सञ्चारकर्मी खगेन्द्र घिमिरे ,अमन देव,पदम सुनार ,प्रतिका शर्मा,आर जे भिलेन सरूँ बराल, रेणु थापा, विशाल अग्रवाल, दिव्य बिटि सुस्मिता पाण्डे ,अम्बिका खड्का रहेका छन् । कृष्ण पाण्डेको छायाङ्कन ,देव महर्जनको द्वन्द्व ,राम महर्जनको नृत्य रहेको चलचित्र ज्येष्ठको दोस्रो साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

