सोनाम ल्होछारको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम हुने
मेचीनगर । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होछारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारद्वारा बृह्त साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ, चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव हेमन्त मोक्तानले जानकारी दिए ।

यहि माघ ३० गते शुक्रबार दिनको ११ बजे देखि हुने साँस्कृतिक कार्यक्रममा दिउसो स्थानिय कलाकारहरुको पस्तुती रहने आयोजकले जनाएको छ । साझ ५ बजेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा तामाङ जातिको कला संस्कृति झल्कने प्रस्तुती संगै विभिन्न जात जातिको झाकी प्रस्तुत हुने छ ।
कार्यक्रममा तामाङ समुदायका जेष्ठनागरिक बुबा आमालाई सम्मान तथा तामाङ जातिको नँया बर्ष २८५७ को क्यालेण्डर पनि विमोचन हुने
आयोजक संस्था नेपाल तामाङ उत्थानमञ्च मेचिनगर, झापाका अध्यक्ष कमल गोलेले जानकारी दिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

