मेचीनगरका मेयर कोरोनामुक्त, घर फर्किन अझै एक हप्ता लाग्नसक्ने

झापा । मेचीनगरका प्रमुख विमल आचार्य कोरोनामुक्त भएका छन् । भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा उपचार गराइरहेका आचार्यको आज पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
गत असोज २८ गते मेची प्रादेशिक अस्पतालको कनकाई प्रयोगशालामा स्वाव परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य खराब बन्दै गएपछि कार्तिक ४ गते उपचारका लागि विराटनगरको नोबेल हस्पिटल भर्ना भएका थिए ।
त्यहाँ समेत उनको स्वास्थ्यमा भनेजस्तो सुधार आन सकेन । त्यसपछि उनलाई कार्तिक ११ गते सिलिगुढी लगियो । फोक्सोमा संक्रमण समेत देखिएका नगरप्रमुख आचार्य लामो समयदेखि मधुमेहका विरामी थिए । सिलिगुढीमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले जनाएका छन् ।
सल्लाहकार उप्रेतीले नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक रुपमा भइरहेको सुधारका बारेमा फेसबुकमार्फत जानकारी दिदै आएका छन् ।
उप्रेतीका अनुसार आचार्य अझै एक साता सिलिगुढीको हस्पिटलमै रहेर पूर्ण स्वास्थ्यलाभ गर्नेछन् ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ...