उद्योग, क्यासिनो र लागुऔषधको समस्या समाधान गर्न स्थानीय युवाले गरे जोडदार माग


मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा टोलमा देखिएको समस्या समाधान गर्न स्थानीय युवाहरुले जोडदार माग गरेका छन् । शनिबार सम्पन्न बृहत भेलाले दुईवटा टोलभित्र मौलाएको बिकृती बिसंगतिसहित उद्योग नवीकरण र निर्माणाधीन क्यासिनो होटलबाट उत्पन्न बिकृतिले समस्या निम्त्याएको भन्दै त्यसको अन्त्य गर्न स्थानीय वडा कार्यालयलाई ध्यानाकर्षणसहित माग गरेका हुन् ।

केहीदिन अघि निर्माणाधीन अवस्थामा रहेको रोयल क्रिएशन ९क्यासिनो० होटलका सञ्चालकले स्थानीय युवतीमाथि गरेको दुर्ब्यवहारपछि स्थानीय छोरीचेली असुरक्षित नहुने निश्कर्ष निकाल्दै निर्माणाधीन होटलको निर्माण कार्य रोक्न सम्बन्धित निकायलाई दवाव दिने निर्णय गरेको छ । जसका लागि वडा कार्यालय १४ लाई दुईवटै टोलबाट सुझाव हस्ताक्षरसहित पत्रको डेलिगेशन पठाउने निर्णय गरेको छ । होटल निर्माण सुरु गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया र वातावरण परीक्षण ९आइई० बारेमा स्थानीलाई जानकारी समेत नगराउनु शंकास्पद रहेको उल्लेख गरेका थिए ।
(क्यासिनो) निर्माणस्थलको मुलद्वार गेटमा उच्च प्रज्वलनशील पदार्थको सप्लायर्स मेची ग्यास उद्योग सञ्चालनमा रहेको छ । घना वस्तीबीचमा निर्माणाधीन अवस्थामा रहेको होटलले हडिया खोला अतिक्रम गरेको निष्कर्ष समेत निकालेको छ। खोला अतिक्रम गरेर तारजाली र कम्पाण्ड बाल निर्माण गरिँदा स्थानीय हिड्ने बाटोसमेत अतिक्रम भइ दाहसंस्कार ९अन्त्येष्टि० आगमनमा समेत अवरुद्ध भएकोले तत्काल निर्माण रोक्न युवाहरुले माग गरेका हुन् ।
यसअघि ४ दशकदेखि सामाजिक कार्यसहित मृत्युपछि मलामी आगमनका लागि स्थानीयले निर्माण गरेको बाटो होटल निर्माणकर्ताले भत्काएर बाल बनाएको थियो । निर्माणकर्ता प्रदीप मित्तललाई बाटो निकासको बिषयमा पटकपटक सचेत गराउँदा समेत सम्बन्धित ब्यक्तीले चासो नदिएपछि स्थानीय रुष्ट बन्दै आएका छन् ।
त्यसैगरी दुबै टोलभित्र विभिन्न उद्योगको नाममा निर्माण गरिएका हाल जीर्ण बनेका ९गोदाम० पुर्वधारमा लागुऔषध दुर्ब्यशनीको अखडा बनेको भन्दै सम्बन्धित उद्योगीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । गुड्का उद्योगको नाउँमा दुई वटा गोदाम घर र अदुवा प्रशोधन केन्द्र तथा अर्को एउटा झ्याल/ढोका नभएको गोदाममा लागुऔषध प्रयोगकर्ताको अखडा रहँदा लुटपाट, चोरीका घटना बढेकाले उद्योगीले ती जीर्ण गोदामलाई ब्यवस्थापन नगरे टोल बिकासले नियन्त्रणमा लिने जनाएको छ । साथै मेची ग्यास उद्योगले आफ्नो उत्पादनलाई प्राबिधिकसहितको ब्यवस्थापन गर्ने, प्रभावित स्थानीयको स्वास्थ्य बीमा र सहुलियतका बिषयमा समेत ध्यानाकर्षणसहित दवाव दिने निर्णय गरेको छ ।
मेचीनगर(१४ का वडाअध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा अध्यक्ष सुब्बाले स्थानीय युवाको कानुनी प्रक्रियाका जायज मागका बिषयमा वडाको पुर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जाहेर गरेका थिए ।
बिन्दा प्रसाईंको अध्यक्षतामा सम्पन्न भेलामा प्रबिण भट्टराई, निरन गौतम, दिवस भट्टराई, रोशन अधिकारी, कृष्णकुमारी सुवेदी लगायत दर्जनबढीले टोलभित्र देखिएको समस्याका बिषयमा जानकारी गराएका थिए । भवानीशंकर मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।