झापा–१ : पाँच पार्टीका ५ जना उम्मेदवार
मेचीनगर । झापा क्षेत्र नं।१ मा पाँच वटा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार छानेको छ ।
झापा क्षेत्र नं.१ मा नेकपा एमालेले रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीले अषेश घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निशा डाँगी, राप्रपाले प्रोफेसर हेमराज कार्की र श्रम संस्कृति पार्टीले केवलराम राईलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।
यसअघि झापा–१ बाट नेपाली कांग्रेसका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
शर्मा यसपटक चुनावमा उम्मेद्वार नबन्ने भएका छन् । हिजो कांग्रेस क्षेत्र नंं १ ले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत पाँच जनाको नाम उम्मेद्वारको रुपमा सिफारिस गरेर केन्द्रमा पठाएको छ । कसैको नाम टुंगो लागेर आइसकेको छैन् ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको चुनावका लागि उम्मेदवारहरु छान्ने काम सबै दलहरुले धमाधम गरिरहेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य एवम् क्षेत्र नं।१ का क्षेत्रिय अध्यक्ष नरेन्द्रकुमार खड्काले राप्रपाबाट झापा–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बाहुनडाँगीका प्रोफेसर हेमराज कार्की रहेको बताए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...