रबिन कोइराला उम्मेद्वार नहुने


काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नहुने घोषणा गरेका छन्।

मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस पटकको चुनावमा आफू उम्मेद्वारको परिधिभन्दा बाहिर रहने निर्णय लिएको बताएका हुन्।